काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपरकिंग्सले सनराइजर्स हैदराबादलाई सात विकेटले हराएको छ । १ सय ३३ रनको लक्ष्य चेन्नईले १८ दशमलव ४ ओभरमा तीन विकेटको क्षतिमै हासिल गर्यो ।
६ म्याच खेलिसकेको चेन्नईको चार जितसँगै आठ अंक भएको छ । अंक तालिकामा चेन्नई तेस्रो स्थानमा छ ।
चेन्नईका लागि ओपनिङ गर्दै आएका ऋतुराज गायकवाड र डेभन कनवेले शानदार सुरुवात गरे । दुवै ओपनर ब्याटरले ११ ओभरमा ८७ रन जोडेर टिमलाई लक्ष्यतर्फ अग्रसर गराए ।
चेन्नई सुपरकिंग्सविरुद्ध सनराइजर्स हैदराबादको टिमले पहिले ब्याटिङ गर्दै सात विकेटको क्षतिमा १ सय ३४ रन बनाएको थियो ।
प्रतिक्रिया दिनुहोस्