पूर्व क्रिकेट कप्तान सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै

काठमाडौं – पूर्व क्रिकेट कप्तान सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदैछ । न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा आइतबार सुनुवाइ भएको मुद्दा हेर्दाहेर्दैमा परेको थियो । आज सोही इजलासमा सुनुवाइ हुन लागेको हो ।

नाबालिग बलात्कार मुद्दाका आरोपित सन्दीपलाई उच्च अदालत पाटनले धरौटीमा छाडेपछि उनलाई पुर्पक्षका लागि थुनामै राख्न माग गर्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्चमा पुनरावेदन दिएको थियो । त्यस्तै सन्दीप लामिछानेले पनि आफूलाई विदेश जान दिनुपर्ने माग गर्दै सर्वोच्चमा निवेदन दिएका थिए । महान्यायाधिवक्ता कार्यालयका सहन्यायाधिवक्ताद्वय सञ्जीव रेग्मी र सोमकान्त भण्डारीले बहस गर्दै धरौटीमा छाड्ने उच्च अदालतको आदेश त्रुटिपूर्ण भएको तर्क गरेका थिए । उनीहरुले सन्दीपलाई पुर्पक्षका लागि थुनामा राख्नुपर्ने माग गरेका थिए ।

Dengue

 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार