काठमाडौंको बसन्तपुरमा चीर ठड्याइयो, आजबाट होलीको विधिवत सुरुवात, सुदूरपश्चिममा भने घर-घरमा गएर हाेली खेलिने

काठमाडौं – काठमाडौंको बसन्तपुरमा रंगचंगी ध्वजाले सजाइएको तीनतले चीर ठड्याइएको छ । हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ चीर ठड्याइपछि देशभर फागु अर्थात् होली पर्व सुरु भएको मानिन्छ । फागुन शुक्ल अष्टमीका दिन ठड्याइने चीर उठाएपछि देशभर होली पर्व सुरु भएको मानिन्छ । आज बिहान ७ः४५ बजेको साइतमा मानन्धर समुदायले रंगीचंगी ध्वजासहितको चीर ठड्याएका छन् । साथै उनीहरुले एकअर्कालाई अबिर दलेर होली पर्व सुरु भएको जनाउ दिएका छन् ।

आजै पशुपति, हनुमानढोका दरबारको सुन्दरीचोक, ललितपुरको पाटन दरबार क्षेत्रको कृष्णमन्दिर परिसरमा पनि रंगीचंगी कपडा झुण्ड्याएर होली सुरु भएको जनाउ दिने गरिन्छ । यस वर्षको होली पर्वको मुख्य दिन फागुन २२ र २३ गते परेको छ । २२ गते हिमाली तथा पहाडी जिल्लामा र २३ गते तराई जिल्लामा होलीको सार्वजनिक विदा दिइएको छ । सुदूरपश्चिममा पनि आजबाट विधिवतरुपमा होली पर्व सुरु भएको छ । फागुन शुक्ल अष्टमीका दिनबाट सुरु हुने यस पर्वमा घरघरमा गएर होली खेल्ने चलन छ । कुमाउनी भाषामा भएको हाली गाउँदै गाउँ गाउँ डुल्ने र खेल्ने चलन भएकाले आजबाट होली खेल्ने टोलीलाई घरमा चामल, अविर र पैसा दिएर विदाई गरिन्छ ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार