सांसद चन्द्र भण्डारी र उनकी आमालाई विदेश लगेर उपचार गर्न अस्पतालको सिफारिस

काठमाडौं – ग्यास सिलिण्डर बिस्फोटबाट गम्भीर घाइते नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी र उनकी आमा हरिकलालाई देश बाहिरका अस्पतालमा लगेर उपचार गर्न सिफारिस भएको छ।

गए रातिदेखि उनीहरूको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ। अस्पतालका मेडिकल डाइरेक्टर डा. निजिना ताम्राकार र डा. किरण नकर्मीले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै यथोचित उपचार नेपालमा सहज नहुने देखिएकोले देश बाहिर सुविधा सम्पन्न स्वास्थ्य संस्थामा लगेर छिटो उपचार गर्न सिफारिस गरेका हुन्। सांसद भण्डारीको अनुहार, दुवै हात, दुवै खुट्टा गरी करिब ३० प्रतिशत भाग जलन भएको छ भने उनकी आमाको करिब ७० प्रतिशत भाग जलन भएको छ। ‘दुवै जनाको श्वासनलीमा तातो हावा र धुवाँको कारण जलन भएको हुनसक्ने अत्यधिक सम्भावना देखिन्छ,’ चिकित्सकहरूले भनेका छन्।

Seti Hospital

सांसद भण्डारी र उनकी आमाको स्वास्थ्य अवस्थाबारे कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, नेता प्रदीप पौडेल र नेकपा एमालेका नेता प्रदीप ज्ञवालीलगायतले अस्पताल नै पुगेर जानकारी लिएका थिए। गए राति सांसद भण्डारीको बुद्धनगरस्थित निवासमा ग्यास सिलिण्डर बिस्फोट भएको थियो।

 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार