बैतडीको दशरथ चन्द नगरपालिकामा आज सार्वजनिक विदा

बैतडी – शहीद दिवसको अवसरमा बैतडीको दशरथचन्द नगरपालिकले आज सार्वजनिक बिदा दिइएको छ। नगरप्रमुखस्तरीय निर्णयबाट शहीद दिवसको अवसरमा आज नगर क्षेत्रभित्र रहेका सम्पूर्ण सरकारी कार्यालय, गैर सरकारी निकाय, शिक्षण संस्था लगायत बन्द रहने नगरपालिकाले प्रकाशन गरेको सूचनामा उल्लेख गरिएको छ।

शहीद दशरथ चन्दको जन्मभूमी बैतडीमा विविध कार्यक्रमका साथ आज शहीद दिवस मनाइँदैछ। शहीद दशरथ चन्द स्मृति प्रतिष्ठानले दिवसका अवसरमा प्रभातफेरी कार्यक्रमका साथै शहीद चन्दको जन्मघर बस्कोटमा कार्यक्रम गरेर दिवस मनाइने प्रतिष्ठानका अध्यक्ष विनोदबहादुर चन्दले बताए।

Seti Hospital

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार