शुक्लाफाँटा नगर : जनता छलेर गरेको काेठे सहमति अस्वीकार्य भएको संघर्ष समितिको ठहर

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ८ मा रहेका विभिन्न खोला/नदीहरूबाट नदीजन्य पदार्थ निकाल्न ठेक्का प्रक्रियाबाट जाने नगरपालिकाको निर्णय विरूद्ध संघर्ष समिति कडा विरोधमा उत्रिएको छ । मंगलबार नगरपालिका कार्यालय घेराउ गर्न पुगेका आम जनताको बिरोध कार्यक्रममा बोल्दै नदीजन्य पदार्थ उत्खनन् पीडित संघर्ष समितिका संयोजक रुकुम सिह ठगुन्नाले जनता छलेर गरेको काेठे सहमति अस्वीकार्य भएको बताएका छन् ।
नगरमा नदीजन्य पदार्थ उत्खनन् प्रकरणमा स्थानीय र नगरपालिकाविच अझै सहमती हुन सकेको छैन । नगरपालिकाले चालु आर्थिक बर्ष २०७९/०८०मा नदीजन्य पदार्थ उत्खनन् बाफत रोयल्टी संकलनका लागि ठेक्का लगाएसंगै स्थानीय आन्दोलित भएका हुन ।
तटबन्धनको सुनिश्चितता बिनै नगरपालिकाले उत्खनन् गर्ने कार्यबाट ठुलो विपद् निम्तिने भएकाले त्यसलाई रोक्नुपर्ने माग अघि सारेर वडा र पालिकामा ज्ञापन पत्र बुझाएका छन् । 

तटबन्ध निर्माण गरिनुपर्ने, सडक कालोपत्रे गरिनुपर्ने, रोयल्टी बाफत ५० प्रतिशत रकम समुदायलाई दिनुपर्ने र समग्र बस्तीको सुरक्षाका लागि योजना अघि नबढाएसम्म आन्दोलन नरोकिने बताएका छन् ।
नगरपालिकाले बनहरा अखौनी सहितका स्थानीय खोला नदीनालाबाट नदिजन्य पदार्थ ढुङगा, गिटी र वालुवा बाफत रोयल्टी संकलनका लागि गणपति कस्ष्ट्रक्सन प्रालिले ६८ लाख १३ हजारमा ठेक्का लगाएपछि स्थानीय आन्दोलित भएका छन ।
उता नगरपालिकामा जनप्रतिनिधिहरूले ठेक्का प्रक्रिया अघि बढाउने र आवश्यक सहयोग गर्ने भनी निर्णय गरेका छन् । उक्त निर्णयमा वडा नं ८ का अध्यक्ष बहादुर सिँह महरा वाहेक सबै वडाध्यक्षको सहमति रहेको छ ।
शुक्लाफाँटा नगरका नगर प्रमुख रण बहादुर महराले यस अघि उक्त खोलानालाबाट अवैध रुपमा उत्खनन् भईरहेको बताउँदै यस पटक वैधानिक रुपमा नगरपालिकाले आन्तरिक आयका लागि ठेक्का लगाएको बताउदै आएका छन् ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार