काकीकाे हत्या आराेपमा भतिज पक्राउ

धनुषा – धनुषामा काकीकाे हत्या गरेकाे आराेपमा भतिज पक्राउ परेका छन् । ३० वर्षीया काकी कवितादेवी साहकाे हत्या गरेकाे आराेपमा विदेह नगरपालिका ७ का २० वर्षीय दीलिपकुमार पक्राउ परेका जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

यसअघि प्रहरीले साेमवार बेलुकी कवितादेवीकाे आफ्नै घरमा करेन्ट लागेर ज्यान गएकाे र उहाँकी १४ महिनाी छाेरी घाइते भएकाे जानकारी प्राप्त गरेकाे थियाे । तर यस घटनाकाे अनुसन्धान गर्दै जाँदा प्रहरीले दीलिपले हत्या गरेकाे खुलेकाे प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

Dengue

प्रहरीको अनुसन्धान टोली घटनास्थलमा पुग्दा अनुहारमा गहिराे चाेट लागेकाे अवस्थामा कवितादेवीकाे शव फेला परेकाे थियाे । अनुसन्धान गर्दै जाँदा दीलिपलाई शङ्कास्पद अवस्थामा फेला पारेको र उनको हातका औँला र घाटीकाे भागमा चिथाेरिएकाे दाग देखिएको थियो । प्रहरी नायब उपरीक्षक क्षेत्रीका अनुसार दीलिपले रगत लागेकाे गन्जी र पाइन्ट झाेलाभित्र लुकाएर राखेकाे अवस्थामा भेटिएकाे थियाे ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार