हिमाली क्षेत्रमा हिमपातको सम्भावना, काठमाडौंको तापक्रम निरन्तर घट्यो

काठमाडौं – आज देशका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।  जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश नं १ र गण्डकी प्रदेशको हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ ।

यसका साथै आज कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक बदली हुनेछ भने बाँकी भू-भागमा भने सफा हुने महाशाखाले जनाएको छ । मौसम बदली भइरहँदा काठमाडौंको तापक्रम पनि निरन्तर घटिरहेको छ । हरेक दिन केही मात्रामा काठमाडौंको तापक्रम घटिरहेको मौसम विद्हरूले बताएका छन् ।

Dengue

आज बिहान ५:४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ४.४ मापन भएको छ । सोमबार यहाँको तापक्रम ५.५ रहेको छ । तापक्रम घटेसँग काठमाडौंमा जाडो महसुस हुन थालेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार