एन प्याब्सन कागेश्वरी मनोहरा नगर कमिटिले आयोजना गरेको फुटसल टुर्नामेन्टमा अर्किड दोस्रो

काठमाडौँ – राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन) कागेश्वरी मनोहरा नगर कमिटिले आयोजना गरेको फुटसल टुर्नामेन्टमा अर्किड प्युपल सेकेन्डरी स्कुलले दास्रो स्थान हासिल गरेको छ ।

पाणिनी फुटसल खहरेचोकमा भएको खेलमा अर्किडले दोस्रो स्थान हासिल गरेको अर्किडकका संस्थापक प्रेमकुमार भुजेलले जानकारी दिए । टुर्नामेन्टमा भिमेश्वर स्कुल पहिलो, अर्किड स्कुल दोस्रो र निर्मल ज्योती स्कुलले तेस्रो स्थान हासिल गरेका हुन् ।

Dengue

खेलमा पहिलो, दोस्रो र तेस्रो हुनेलाई कप र ट्रफि प्रदान गरिएको थियो । कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले विजेताहरुलाई कप र ट्रफि प्रदान गरेका थिए ।

खेलमा १४ स्कुलको सहभागिता रहेको थियो । कार्यक्रममा एन प्यब्सनका केन्द्रीय उपमहासचिव प्रकाशचन्द्र खड्का र कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष अनिल थापाले शुभकामना मन्तव्य राखेका थिए ।

खेलले आउँदो पिढीलाई निकट भविष्यमा फुटबलप्रति थप जिम्मेवार बनाउने र एन प्याब्सनका सदस्य विद्यालयहरुमा यस टुर्नामेन्टले आपसी सम्बन्ध थप प्रगाढ हुने आयोजकको विश्वास छ ।

  

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार