पर्सा-१ मा लक्ष्मणलाल कर्णको जमानत जफत

काठमाडौँ – लोकतान्त्रिक समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्णको जमानत जफत भएको छ।

कूल सदर मतको १० प्रतिशत ल्याउन नसक्दा उनको जमानत जफत भएको हो। पर्सा-१ मा ४८ हजार ५ सय २६ मत सदर भएको थियो। कर्णले ११ सय १७ मत मात्रै ल्याएका हुन्। उनी त्यहाँ सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका थिए।

Dengue

कर्णसहित १९ जनाको जमानत जफत भएको छ। पर्सा-१ मा जनता समाजवादीका प्रदीप यादव २२ हजार ५ सय ३७ मतका साथ विजयी भएका छन्। स्वतन्त्र उम्मेदवारी दिएका अजय द्विवेदीले २० हजार ९ सय १७ मत पाएका छन्। कांग्रेस नेता द्विवेदीले बागी उम्मेदवारी दिएका हुन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार