दार्चुला प्रदेशसभा–२ बाट मानबहादुर धामी पुनः निर्वाचित, एमालेका जोशी पराजीत

काठमाडौँ – एक मात्र निर्वाचन क्षेत्र भएको दार्चुलाको प्रदेशसभा–२ बाट पुनः मानबहादुर धामी सन्तोष विजयी भएका छन् । नेकपा एमालेका रामदत्त जोशीलाई १३ सय १५ मतले पराजित गर्दै धामी विजयी भएका हुन् । धामीले १३ हजार १ सय ७१ मत पाएका थिए भने उनका निकटम प्रतिद्वन्दी एमालेका जोशीले ११ हजार ८५६ मत पाएका थिए ।

नेकपा माओवादी केन्द्रका प्रभावशाली नेताका रुपमा चिनिएका धामी लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार हुन् । लगातार दोस्रो पटक प्रदेशसभाका निर्वाचनमा जीत हासिल गरेका धामी यस अघि २०७४ सालको आम निर्वाचनमा यहि क्षेत्रबाट बाम गठबन्धनका साझा उम्मेदवार भएका निर्वाचन जितेका थिए । धामी सुदूरपश्चिम सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री हुन् ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार