छठका अवसरमा मधेसमा आज सार्वजनिक बिदा

काठमाडौँ – छठका अवसरमा मधेस प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ। छठको अन्तिम दिन मधेस सरकारले सार्वजनिक बिदा दिएको हो।

केन्द्रीय सरकारले छठको तेस्रो दिन अर्थात् अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिने दिन मात्रै बिदा दिएपछि प्रदेश सरकारले छठको अन्तिम दिनमा प्रदेशभर बिदा दिने निर्णय गरेको छ। मुख्यमन्त्री लालबाबु राउतले छठ पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै प्रदेशमा सोमबार सार्वजनिक बिदा रहेको जानकारी दिए। छठमा आइतबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको छ। बर्तालुहरूले जलाशयमा पुगेर अस्ताउँदो सूर्यको आराधना गरेका छन्।

छठमा सूर्यदेवको उपासना गरिन्छ। निर्जल र निराहार व्रत बसेका बर्तालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका हुन्। अर्घ्य दिँदै गर्दा बर्तालुहरूले सूर्यलाई आफ्नो मनोकाङ्क्षा सुनाउँछन् र पूरा गरिदिन आग्रह गर्छन्। यस दिनलार्ई ‘सौँझकारक’ पनि भनिन्छ। आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व सकिनेछ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार