मन्त्रीज्यूलाई खादा-माला ‘नो थ्याङ्क्स’! धनगढीमा मुख्यमन्त्री भट्टबाटै सुरुवात भयो नयाँ शैली

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्ट र प्रदेश सरकारका मन्त्रीहरू सार्वजनिक कार्यक्रममा माला तथा खादा नपहिरिने नयाँ शैलीतर्फ मोडिएका छन्।
​धनगढीस्थित आस्था होटलमा आयोजित १८ औं हलिया मुक्ति दिवसको प्रदेशस्तरीय संवाद कार्यक्रममा यो दृश्य स्पष्ट देखियो। आयोजक राष्ट्रिय मुक्त हलिया समाज महासंघले स्वागत स्वरूप दिएको खादा मुख्यमन्त्री भट्टले लगाउन अस्वीकार गर्दै हातमा लिएर सिधै टेबुलमा राखिदिए।
​मुख्यमन्त्रीले खादा बहिष्कार गरेलगत्तै मञ्चमा रहेका अन्य विशिष्ट अतिथिहरूले पनि सोही शैली पछ्याए। खादा नपहिरिनेमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दमनबहादुर भण्डारी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री प्रकाश रावल, भौतिक पूर्वाधार विकास राज्यमन्त्री जानकी ऐर कुँवर, आर्थिक मामिला राज्यमन्त्री जानकी पौडेल र प्रदेश सभा सदस्य लक्ष्मी बिक रहेका छन्।
​अनावृष्टि र अनावश्यक तडकभडक भन्दा सादगी र कामकाजी शैलीलाई प्राथमिकता दिने सन्देश दिन मन्त्रीहरूले खादा अस्वीकार गरेको बुझिएको छ। पछिल्लो समय औपचारिक कार्यक्रमहरूमा अत्यधिक माला र खादा प्रयोग हुने परिपाटीप्रति जनस्तरमा समेत आलोचना भइरहेका बेला सुदूरपश्चिम प्रदेश सरकारको यो कदमलाई चासोका साथ हेरिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार