रसुवाका बाढीपीडितका लागि शैलेश्वरी र फारवेष्ट स्कुलको १ लाख ४१ हजारभन्दा बढी आर्थिक सहयोग !

धनगढी: प्राकृतिक विपद्बाट प्रभावित बनेका रसुवाका बाढीपीडित परिवारहरूको राहत तथा उद्धारका लागि कैलालीका दुई शैक्षिक संस्थाले आर्थिक सहयोग गरेका छन्। शैलेश्वरी इङ्ग्लिस बोडिङ स्कुल र फारवेष्ट माध्यमिक विद्यालयको संयुक्त तथा व्यक्तिगत पहलमा संकलन गरिएको उक्त रकम पीडितहरूलाई सहयोगस्वरूप प्रदान गरिएको हो।

शैलेश्वरी इङ्ग्लिस बोडिङ स्कुलका सम्पूर्ण विद्यार्थी, शिक्षक, कर्मचारी तथा विद्यालय परिवारको संयुक्त प्रयासबाट बाढीपीडितहरूका लागि यो मानवीय सहयोग जुटाइएको हो। रसुवाका बाढीपीडितहरूलाई कठिन घडीमा केही राहत पुगोस् भन्ने उद्देश्यले यो सहयोग गरिएको विद्यालयका संस्थापक अध्यक्ष नृप वडले जानकारी दिएका छन्। उक्त विद्यालयबाट मात्रै कुल १ लाख १ हजार १ सय ११ रुपैयाँ संकलन भएको विद्यालयका प्रधानाध्यापक जगन्नाथ जोराले बताएका छन्।

त्यसैगरी, फारवेष्ट माध्यमिक विद्यालयबाट पनि ४१ हजार रुपैयाँ संकलन गरी सहयोग गरिएको छ। सोही विद्यालयका प्रबन्ध निर्देशक (एमडी) समेत रहेका जगन्नाथ जोराका अनुसार विपद्मा परेका नागरिकहरूको दुःखमा साथ दिन विद्यालय परिवार सधैं तत्पर रहेको छ।

दुवै विद्यालयबाट संकलित रकमसहित कुल १ लाख ४१ हजार १ सय ५१ रुपैयाँ बाढीपीडितको सहायताका लागि जम्मा गरिएको छ। शिक्षाको ज्योति दिने विद्यालयहरूले सामाजिक उत्तरदायित्व बहन गर्दै गरेको यस किसिमको मानवीय कार्यले विपद्मा परेका पीडितहरूलाई ठुलो सान्त्वना र सहयोग पुग्ने विश्वास गरिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार