१ महिनामै सुदूरपश्चिम सरकारमा भ्रष्टाचारको गन्ध: मन्त्रीको सचिवालयमाथि योजना पार्दिने नाममा मोटो रकम असुलीको आरोप !

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दमनबहादुर भण्डारीको सचिवालयमाथि विकास योजना पारिदिने नाममा स्थानीय बासिन्दासँग मोटो रकम असुल गरेको गम्भीर आरोप लागेको छ। सरकार गठन भएको एक महिनासमेत नपुग्दै मन्त्रीको सचिवालय यो किसिमको अनैतिक र भ्रष्ट गतिविधिमा मुछिएको गम्भीर आरोप हो।

एकातर्फ प्रदेशका मुख्यमन्त्री खगराज भट्ट चौतर्फी रूपमा सुशासन, पारदर्शिता र शून्य सहनशीलताको ठूलाठूला कुरा करिरहेका छन् भने अर्कातर्फ उनकै मन्त्रिपरिषद्का मन्त्रीको सचिवालयबाट यसरी छताछुल्ल रूपमा रकम असुली भइरहेको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना र भण्डाफोर भइरहेको छ।

नेकपा (एमाले) कै कार्यकर्तासमेत रहेका मोहनबहादुर बोहराले सामाजिक सञ्जालमार्फत मुख्यमन्त्री भट्टलाई समेत स्पष्ट रूपमा ट्याग गर्दै मन्त्री भण्डारीको सचिवालयमाथि आर्थिक अनियमितताको खुलेआम पर्दाफास गरेका छन्। लगातारजसो फेसबुक पोस्टहरू गर्दै बोहराले सचिवालयले असूल गरेको कालो धन तत्काल फिर्ता गर्न कडा चेतावनी दिएका छन्। यदि रकम फिर्ता नगरिए पैसा दिने र लिने दुवै पक्षका नामहरू सार्वजनिक गर्ने चेतावनी उनले दिएपछि राजनीतिक वृत्तमा हलचल मच्चिएको छ।

यता चौतर्फी दबाब र आलोचना बढ्दै जाँदा मन्त्री दमनबहादुर भण्डारीले भने आरोपको पूर्ण रूपमा खण्डन गरेका छन्। उनी भारतमा बस्ने ती व्यक्तिले मन्त्री भइसकेपछि फोन गर्दा आफूले फोन उठाउन नपाएको र त्यसैको झोकमा सामाजिक सञ्जालमा त्यस्तो भ्रम फैलाएको हुन सक्ने दाबी गरेका छन्। आफूले शपथ ग्रहणसमेत नलिँदै र सचिवालयलाई पूर्णता दिँदै गर्दा कसैले एक पैसा पनि लिएको पाइए कडा कारबाही गर्ने चेतावनी पहिलो दिन नै दिएको स्पष्ट पार्दै मन्त्री भण्डारीले आफ्नो मन्त्रालयबाट त्यस्तो कुनै पनि गैरकानूनी काम नभएको जिकिर गरेका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार