धनगढी – कैलालीको गोदावरी नगरपालिका–४ स्थित बन्देवी फायरिङ रेन्जमा नेपाली सेनाको नियमित फायरिङ अभ्यासका क्रममा प्लास्टिक ह्यान्ड ग्रेनेड विस्फोट हुँदा दुई सैनिक घाइते भएका छन्।
घटनामा सहायक सेनानी विक्रम कार्की र सैनिक रञ्जित थारु घाइते भएको प्रहरीले जनाएको छ। बिहीबार बिहान करिब ८:२० बजे अभ्यास चलिरहेको बेला अचानक ग्रेनेड विस्फोट भएको थियो।
विस्फोटमा परी घाइते भएका दुवै जनालाई तत्काल उपचारका लागि नेपाल आर्मी अस्पताल, बोराडाँडी लगिएको छ। अस्पताल स्रोतका अनुसार हाल उनीहरूको स्वास्थ्य अवस्था मध्यम रहेको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।




प्रतिक्रिया दिनुहोस्