टीकापुरमा बोलेरो र ग्यास ट्रक ठोक्किँदा सहचालकको मृत्यु, चालक घाइते

धनगढीः कैलालीको टीकापुरमा बोलेरो र ग्यास सिलिन्डर बोकेको ट्रक एकआपसमा ठोक्किँदा बोलेरोका सहचालकको ज्यान गएको छ। दुर्घटनामा चालक गम्भीर घाइते भएका छन्।

प्रहरीका अनुसार हुलाकी राजमार्गअन्तर्गत टीकापुर नगरपालिका–७ झुँगा नजिक नेपालगञ्जबाट आउँदै गरेको लु.प्र ०२–००१ च ०५४० नम्बरको तरकारी बोकेको बोलेरो र भे १ क ५०१ नम्बरको भेरी ग्यासको ट्रक आपसमा ठोक्किएका हुन्।

दुर्घटनामा बोलेरोका सहचालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। गम्भीर घाइते भएका चालकको उपचार भइरहेको छ।

प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जनाएको छ। मृतकको परिचय खुल्न बाँकी रहेको तथा घटनासम्बन्धी थप विवरण आउन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार