सभामुखलाई हर्कको प्रश्न– तपाईंलाई पनि नेपालले भारतको भूमि मिच्छ भन्ने लागेको हो ?

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क राईले प्रधानमन्त्री वालेन्द्र शाहले सीमाबारे दिएको अभिव्यक्ति संसदकाे रेकर्डबाट नहटाएको विषयमा सभामुखलाई प्रश्न गरेका छन् ।

मंगलबारको प्रतिनिधिसभाको बैठकमा उनले गत १७ जेठमा संसदमा प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले नेपालले पनि भारतको भूमि मिचेको रहेछ भनी दिएको अभिव्यक्ति रेकर्डबाट नहटाउनुबारे सभामुख डोलप्रसाद अर्यालको धारणा माग गरेका हुन् ।

‘रेकर्डबाट पनि हटाइएको छैन । तपाईंलाई पनि नेपालले भारतको भूमि मिच्छ भन्ने लागेको हो र मेटाउनुभएको छैन । अथवा के हो ? यहाँले पनि भन्दिँदा हुन्थ्यो,’ राईले भने ।

उनले सांसद निर्वाध रूपमा देशमा घुम्न पाउनुपर्ने बताए । ५ साउनमा जनकपुर जाँदा श्रमदातालाई कुटपिट भएको सुनाए । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार