अमरेशकुमार सिंहको प्रश्न– मधेशमा घटना हुनासाथ किन गोली चलिहाल्ने ?

१९ साउन, काठमाडौं । रास्वपा सांसद अमरेशकुमार सिंहले मधशेमा कुनै घटना घट्नासाथ किन गोली चलाउने गरेको भन्दै राज्यसँग प्रश्न गरेका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा उनले राज्यले प्रहरीलाई बन्दुकको गोलीमा भन्दा पनि लाठि र अश्रुग्याँसमा लगानी किन नगरेको ? भन्दै प्रश्न गरेका हुन् ।

‘मेरो प्रश्न राज्यसँग छ, मधेशमा जहिले पनि केही समुदायको आन्दोलन हुँदा गोली मात्रै किन चल्छ ? लाठि किन चल्दैन ? टियरग्यास किन चल्दैन ?,’ उनले भनेका छन्, ‘प्रहरीलाई कसैले ढुंगा हान्यो भने उसले गोली हान्छ । किनभने उसलाई टियर ग्यास र लाठ्ठी दिइएको छैन ।’

साथै, उनले मधेशलाई पछि पार्ने, गरिब बनाउने र गोली चलाइहाल्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताए ।

‘सरकारसँग आग्रह गर्न चाहन्छु, टियरग्यास र लाठिको व्यवस्था गरोस् । मधेशलाई पछाडि पार्ने, गरिब बनाउने र केही भयो भने गोली ठोक्ने प्रवृत्ति अन्त्य हुनुपर्छ । किनभने मधेशले धेरै सहन सक्दैन,’ सांसद सिहले भने ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सामाजिक सद्भावकोलागि आम समुदायलाई अपिल गरे ।

अनि उनले अगाडि भने, ‘आजको आवश्यकता गरिबीसँग लड्ने, त्यो पिछडिएको पनसँग लड्ने हो, असमानतासँग लड्ने हो, समुदाय समुदाय बीच लड्ने समय होइन ।’

सुनसरी घटनाको सन्दर्भमा पार्टी सभापति रवि लामिछानेले सर्वदवलीय बैठक राखेको भनेर धन्यवाद दिए ।

आफू त्यही भूगोल त्यही समुदायको सांसद भएको उल्लेख गर्दै उनले भने, ‘प्रधानमन्त्रीले पनि ढिलै भएपनि राष्ट्रको नाममा सम्बोधन गर्नुभयो त्यो पहिला वास्तवमा गर्नुपर्ने थियो । गर्नुभयो ।’

यसपछि उनले मधेशलाई हेर्ने नजरकै विषय उठाए ।

‘म २०६३ सालदेखि सांसद छु । मेरो प्रश्न राज्यसँग छ । कि मधेसमा जहिले पनि केही समुदायको होस् त मधेस आन्दोलन थरुहट आन्दोलन होस् त्यहाँ गोली मात्रै किन चल्छ ?’ उनले प्रश्न गरे, ‘लाठी किन चल्दैन ? टियर ग्यास किन चल्दैन ?’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार