प्रधानमन्त्री र प्रधानसेनापति सिग्देलबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र प्रधानसेनापति अशोकराज सिग्देलबीच भेटवार्ता भएको छ।

मंगलबार बिहान ११ बजेअघि प्रधानमन्त्रीलाई भेट्न सिग्देल सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालय पुगेका थिए ।

११ बजेपछि सुदूरपश्चिमका सांसदहरूसँग छलफल तय भइसकेकाले भेटवार्ता छोटो भएको प्रधानमन्त्री शाहको सचिवालयले जानकारी दिएको छ। पछिल्लो समय देशको तराई क्षेत्रमा दुई समुदायबीच विवाद देखिएको थियो ।

विवाद साम्य हुँदै जाँदा प्रधानमन्त्री भेट्न प्रधानसेनापति सिग्देल सिंहदरबार पुगे पनि के विषयमा छलफल भयो भन्ने विषयमा जानकारी नरहेको दाबी प्रधानमन्त्रीको सचिवालयले गरेको छ । तराईमा देखिएको प्रदर्शनलाई लिएर गतसाता राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसेको थियो ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले भने नियमित भेटघाट भएको बताए । ‘उहाँहरूबीच यस्ता नियमित भेटघाट भइरहन्छ, आजको भेट पनि त्यही अन्तर्गतको हो,’,उनले भने ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार