मुग्लिन–नारायणगढ सडकखण्डका तीन स्थानमा पहिरो, एकतर्फी अवरुद्ध

लगातारको वर्षापछि मुग्लिन–नारायणगढ सडकखण्डका विभिन्न स्थानमा पहिरो खस्दा सडक एकतर्फी अवरुद्ध भएको छ।

सडक डिभिजन भरतपुरका अनुसार सोमबार बिहान तुईन खोला पुल, नाम्सी खोलाको नयाँ पुल र सिमलताल क्षेत्रमा माथिबाट ढुंगा तथा लेदो बगेर सडकमा आएपछि यातायात प्रभावित भएको हो।

डिभिजनले पहिरो पन्छाउन सम्बन्धित स्थानमा उपकरण परिचालन गरिसकेको जनाएको छ। थप पहिरो नखसे सडकलाई करिब एक घण्टाभित्र दुवैतर्फ सञ्चालनमा ल्याउने अनुमान गरिएको छ।

हाल पनि वर्षा जारी रहेकाले पहिरोको जोखिम कायम रहेको सडक डिभिजनले जनाएको छ। डिभिजनले यात्रु तथा सवारी चालकलाई सडकको पछिल्लो अवस्था बुझेर मात्र सुरक्षित यात्रा गर्न अनुरोध गरेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार