देशको अस्तित्व जोगाउन चुनौती छ : माधव नेपाल

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले देशको अस्तित्वको रक्षा सबैभन्दा ठुलो चुनौतीका रूपमा रहेको बताएका छन् । २९औँ तुलसीलाल स्मृति दिवसका अवसरमा आइतबार ललितपुरको च्यासलमा आयोजित कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले देशको स्वाभिमान बचाउने कुरा अहिले प्रमुख रूपमा मुखरर भएको बताएका हुन् । 

‘विदेशीको क्रिडाभूमि बन्नबाट देशलाई जोगाउने चुनौती हाम्रो सामुमा छ’ नेता नेपालले भने- ‘हाम्रो देश कुनै देशको पछि लाग्न चाहँदैन, कसैको अधीनमा पनि रहन चाहँदैन । कसैको विरोधमा पनि जान चाहँदैन सबैसँग मैत्रीभाव राख्दछ ।’

नेता नेपालले नेपाली जनताको ठुलो त्याग र बलिदानबाट प्राप्त संविधान, लोकतन्त्र, गणतन्त्र र सङ्घीयतालाई जोगाउनुपर्ने जिम्मेवारी रहेको बताए । त्यसक्रममा उनले निरङ्कुश पञ्चायती व्यवस्थाविरुद्ध लोकतन्त्रका लागि तुलसीलालले खेलेको योगदानको चर्चा समेत गरे ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार