संविधान संशोधनमा अहिल्यै हतार नगरौँ: एमाले महासचिव

काठमाडौँ – नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले सरकारले संविधान संशोधन गर्न खोजेको भए राजनीतिक दलबिच सहमति जुटाउनुपर्ने बताएका छन्।

महासचिव पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै संविधान संशोधनजस्तो महत्त्वपूर्ण विषयमा हतारिनुभन्दा पहिले दलबिच न्यूनतम सहमति निर्माण हुनुपर्नेमा जोड दिएका हुन्।

संविधान संशोधनको चर्चा चलिरहेका बेला एमाले महासचिव पोखरेलले हालको राजनीतिक परिस्थिति र समय संविधान संशोधनका लागि उपयुक्त नभएको समेत स्पष्ट पारेका छन्। “सरकारले संविधान संशोधन गर्न खोजेको हो भने राजनीतिक दलहरूबिच सहमति जुटाउनुपर्दछ,” पोखरेलले लेखेका छन्, “तर अहिले संविधानमा संशोधन गर्ने उचित समय होइन।”

महासचिव पोखरेलको यो अभिव्यक्तिसँगै संविधान संशोधनका विषयमा प्रमुख राजनीतिक दलहरूबिच थप छलफल र सहमति आवश्यक रहेको सङ्केत मिलेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार