किसान आन्दोलनको विरासत अघि बढाउन ओलीको आग्रह

काठमाडौँ ।

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले तुलसीलाल अमात्य र अमर शहीद भीमदत्त पन्तको स्मृति दिवसका अवसरमा किसान आन्दोलनको विरासतलाई अघि बढाउन आग्रह गरेका छन्।

श्रद्धाञ्जली सन्देश जारी गर्दै उनले अमात्यको किसान आन्दोलन र कम्युनिस्ट आन्दोलनमा रहेको योगदान तथा भीमदत्त पन्तको सामन्तवादी शोषणविरुद्धको सङ्घर्षको स्मरण गरेका हुन्।

ओलीले लोकतान्त्रिक प्रणाली, सामाजिक न्याय, समानता र आर्थिक समृद्धिको लक्ष्य हासिल गर्नु नै उनीहरूप्रतिको सच्चा श्रद्धाञ्जली हुने उल्लेख गर्दै दुवै नेताको योगदान नेपाली इतिहासमा सदैव सम्मानपूर्वक स्मरण रहने बताएका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार