मधेशका रास्वपा सांसदहरूले रविलाई भेटेर गृहमन्त्रीको भूमिकामाथि प्रश्न उठाए

१४ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मधेशका सांसदहरूले गृहमन्त्री सुधन गुरुङको भूमिका माथि प्रश्न उठाएका छन् । सभापति रवि लामिछानेसँगको भेटमा मधेशका सांसदहरूले गृहमन्त्रीको शैलीप्रति गुनासो गरेका हुन् ।

सुनसरीबाट सुरु भएको पछिल्लो घटनाक्रममा गृहमन्त्री गुरुङले सम्बन्धित क्षेत्रका सांसदहरूसँग छलफल समेत नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।

सभापति लामिछानेसँगको भेटमा सहभागी मधेशका एक सांसदले भने, ‘सुनसरीबाट सुरु भएको घटना अहिले मधेशमा फैलिएको छ । त्यहाँका जिल्लाका सांसदसँग गृहमन्त्रीले कुराकानी पनि गर्नुभएको छैन । सभापतिलाई गृहमन्त्रीप्रतिको आक्रोश राख्यौं ।’

सभापति लामिछानेले पछिल्लो घटनामा संवदेनशील भएको बताएका थिए । आपसी सद्भाव कायम राख्न आफू नै मधेश जाने सोचमा समेत रहेको सभापति लामिछानेले बताएको छलफलमा सहभागी एक सांसदले जानकारी भएन ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार