बालेनलाई प्रचण्डको सुझाव– मलाई बोलाएर के कुराले सफल नभएको भनेर सोधे हुन्थ्यो

१४ साउन, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले विगतका अनुभव बटुलेका नेताहरूसँग भेटेर संवाद गर्नका लागि प्रधानमन्त्री बालेन शाहलाई के ले रोकेको ? भन्दै प्रश्न गरेका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने क्रममा उनले यदी कुनै अहंकार र आफूमात्रै पर्याप्त हो भन्ने लागेको खण्डमा त्यो दुर्भाग्यपूर्ण हुने बताए ।

‘यो रोस्ट्रमबाट खासगरी प्रधानमन्त्री बालेन शाहज्यूलाई भन्न चाहन्छु, नेपालमा विगतका धेरै अनुभवहरूबाट गुज्रेका नेता, बुद्धिजिवी र विज्ञहरूको विशाल पंक्ति छ । ठूला ठूला अप्ठेरा परिस्थितिलाई निकास दिने हैसियत राख्ने नेताहरूको पंक्ति छ,’ उनले भने ।

उनले प्रधानमन्त्रीको यस्तो चरित्र आफूलाई अनौठो लागेको जिकिर गरे ।

‘सुशासन, सामाजिक न्याय र समृद्धिको निम्ति लड्ने नेताहरूको पंक्ति पनि छ । लोकतन्त्रको निम्ति झन्डै ७० वर्षदेखि जेल, नेल, यातना थुप्रै भोगेको नेताहरूको पंक्ति पनि छ । उनीहरूको अनुभव लिन, उनीहरूसँग सहकार्य गर्न, उनीहरूसँग संवाद गर्न प्रधानमन्त्रीलाई के ले रोकेको होला ? मलाई अनौठो लाग्छ,’ उनले भने, ‘उहाँले मलाई बोलाएर तपाईंले पनि भ्रष्टाचारका विरुद्ध लड्छु भनेर सुरु त गर्नुभएको थियो, के ले तपाईंलाई सफल हुन दिएन भनेर सोधे पनि त हुन्थ्यो । के ले रोक्यो उहाँलाई ? आफ्नै अहंकारले रोकेको हो कि ? म पर्याप्त छु, मलाई केही चाहिँदैन भन्ने लागेको हो कि ? यदी त्यो हो भने दुर्भाग्यपूर्ण हुनेछ ।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार