रास्वपा केन्द्रीय समिति बैठक सुरु

१३ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ । बुधबार दिउँसो पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बैठक सुरु भएको हो ।

चितवनमा सम्पन्न पहिलो महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको यो दोस्रो बैठक हो । बैठकमा महाधिवेशनको समीक्षा गर्ने मुख्य कार्यसूची छ ।

यस्तै, आवश्यक कार्यविधिको तर्जुमा तथा परिमार्जन, सांगठनिक व्यवस्थापन, मनोनयन र आगामी अभियान तथा कार्यक्रम सञ्चालन, समसामयिक घटनाक्रमबारे समीक्षा हुने रास्वपाले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार