ओली र प्रचण्डलाई गोकुल बास्कोटाको कटाक्ष: ‘अन्तिम भोज नै त हैन होला’

काठमाडौं । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बिच प्रदेशहरूमा सत्ता साझेदारी गर्ने सहमति भएकामा एमालेकै नेता गोकुल बास्कोटाले कटाक्ष गरेका छन्।

सोमबार बिहान सामाजिक सञ्जालमा पोस्ट गर्दै एमाले केन्द्रीय सदस्य बास्कोटाले आफ्ना अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई व्यंग्य गरेका हुन्।

पूर्वमन्त्रीसमेत रहेका उनले यी दुई नेताले सत्ता समीकरणमा नेपाली कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवालाई पनि उछिनेको टिप्पणी गरेका छन्।

यद्यपि बास्कोटाले प्रचण्ड भन्नेबित्तिकै माओवादी लाग्ने भएकाले होला, नेकपा लेख्नुपर्ने स्थानमा माओवादी उल्लेख गरेका छन्।

‘सता समीकरणमा एमाले र माओवादीले देउवालाई पनि जित्ने हैसियत बनाए। खोपी सत्ता किन बन्छन् र भत्कन्छन्? ती सभाका केही सदस्य र खास नेताबाहेक अरूले सुइँको समेत नपाउने कुरा परम्परा नै बन्यो’, उनले लेखेका छन्, ‘हाँडी बोकेर स्वर्ग कि नर्क बतासझैँ बत्तिएका छन्। विजय मल्लको अन्तिम भोज नै त यो हैन होला? अचम्म, लाग्छ।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार