विश्वकप लिग–२ मा नेपालले आज नामिबियासँग खेल्दै


काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपालले आज नामिबियासँग अन्तर्राष्ट्रिय खेल खेल्दैछ ।

यो खेल नेदरल्यान्ड्समा नेपाली समयअनुसार दिउँसो पानै ३ बजे शुरु हुनेछ ।

नेपाल र नामिबियाबीचको यो खेल दुवै टोलीका लागि महत्त्वपूर्ण मानिएको छ ।

पछिल्ला खेलहरूमा अपेक्षित प्रदर्शन गर्न नसकेका दुवै टोली जितको लक्ष्यसहित मैदान उत्रनेछन् ।

हालै सम्पन्न लिग–२ को खेलमा नामिबियाले

नेपाललाई ८ विकेटले पराजित गरेको थियो । नेपालले यसअघि लिग–२ अन्तर्गत नेदरल्यान्ड्ससँग खेलेको खेलमा ६ विकेटले पराजय बेहोरेको थियो ।

नामिबियाले पनि आफ्नो पछिल्लो खेलमा नेदरल्यान्ड्ससँग ५८ रनको हार व्यहोरेको थियो ।

त्यसैले दुवै टोली आजको खेलबाट पुनरागमन गर्ने प्रयासमा रहनेछन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार