त्रिविको एमबिएस परीक्षाको प्रश्नपत्र लिक, छानबिन गर्न समिति गठन

काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) को व्यवस्थापन सङ्कायअन्तर्गत सञ्चालित एमबीएस प्रथम सेमेस्टरको परीक्षाको प्रश्नपत्र लिक भएको छ। साउन ८ गते सञ्चालन गरिएको ‘अर्गनाइजेसनल बिहेभियर’ विषयको परीक्षासँग सम्बन्धित प्रश्नपत्र परीक्षा सुरु भएको करिब पाँच मिनेटभित्रै एउटा ह्वाट्सएप समूहमा साझा गरिएको दाबी गरिएको हो।

त्यसपछि उक्त सामग्री विभिन्न सामाजिक सञ्जालमा फैलिएको भन्दै विद्यार्थी तथा सरोकारवालाले छानबिनको माग गरेका छन्।
घटनापछि त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायको डिन कार्यालयले नेपाल प्रहरीको साइबर ब्युरोलाई औपचारिकरूपमा पत्राचार गर्दै घटनाको अनुसन्धानमा सहयोग गर्न अनुरोध गरेको छ।

प्रश्नपत्र चुहावटको आशंकालाई गम्भीररूपमा लिँदै त्रिविको परीक्षा नियन्त्रण महाशाखाले घटनाको छानबिनका लागि तीन सदस्यीय समिति गठन गरेको छ। परीक्षा सञ्चालक समितिको निर्णयअनुसार प्रा. डा. अच्युत ज्ञवालीको संयोजकत्वमा समिति गठन गरेको हो।

समितिलाई घटनासम्बन्धी सबै पक्षको अनुसन्धान गरी सत्यतथ्यसहितको प्रतिवेदन सात कार्यदिनभित्र बुझाउन कार्यादेश दिइएको छ। प्रतिवेदनका आधारमा विश्वविद्यालयले आवश्यक प्रशासनिक तथा कानुनी कारबाही प्रक्रिया अघि बढाउने अपेक्षा गरिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार