प्रधानमन्त्री शाहले आज जुत्ता उत्पादक संघका पदाधिकारी र प्रतिनिधिसँग छलफल गर्ने

प्रधानमन्त्री वालेन्द्र शाहले आज बिहान साढे ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जुत्ता उत्पादक संघका पदाधिकारी तथा प्रतिनिधिसँग छलफल गर्दै छन् ।

छलफलमा जुत्ता उत्पादक संघका अध्यक्ष सुरज बन्जाडे, निवर्तमान अध्यक्ष रुद्र न्यौपाने, सचिव निर्मल भट्टराई, सल्लाहकार कालिदास गौतम, कार्यसमिति सदस्य सरोज भट्टराई र प्रतिनिधि विदुषी राणाको सहभागिता रहने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा स्वदेशी जुत्ता–चप्पल उद्योगलाई प्रोत्साहन गर्ने उपाय, बजार व्यवस्थापन, उत्पादन क्षेत्रमा आत्मनिर्भरता बढाउने प्रयास तथा उद्योगले भोगिरहेका वर्तमान चुनौतीका विषयमा छलफल हुने कार्यतालिका रहेको छ ।

त्यसैगरी, जुत्ता–चप्पल उद्योगको विकासका लागि आवश्यक नीतिगत सुधार, सरकारी सहयोग र आगामी रणनीतिका विषयमा पनि ठोस छलफल हुने जनाइएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार