गोरखापत्रका सेवा निवृत्त पत्रकार तथा कर्मचारीलाई विदाइ

काठमाडौँ – गोरखापत्र संस्थानमा लामो समय सेवा गरी निवृत्त हुनुभएका पत्रकार तथा कर्मचारीहरूलाई एक कार्यक्रमका बीच विदाइ गरिएको छ। संस्थानका महाप्रबन्धक हिक्मतबहादुर रावलले सेवा निवृत्त हुनुभएका कर्मचारीहरूलाई प्रशंसापत्र प्रदान गर्दै विदाइ गर्नुभयो।

कार्यक्रममा महाप्रबन्धक रावलले संस्थानका कर्मचारी नै संस्थाको वास्तविक पुँजी भएको बताउनुभयो। “म महाप्रबन्धक भएर आएको दुई साता मात्र भएको छ, संस्थान सुधार्नेगरी योजना लिएर आएको छु। कर्मचारी र पत्रकारहरूको सहयोगले संस्थानलाई बलियो बनाउने छु,” उहाँले भन्नुभयो। संस्थानको इमान्दार प्रयास र निष्ठाले नै संस्था यहाँसम्म आइपुगेको उल्लेख गर्दै उहाँले विदाइ भएर गए पनि सबैको शुभेच्छा र समन्वयको अपेक्षा गर्नुभयो।

सो अवसरमा सेवा निवृत्त कार्यकारी सम्पादक कुलप्रसाद (केपी) गौतमले संस्थान प्रकाशन गृह भए पनि प्रशासन गृहको सोच र शैलीका कारण समस्या देखिएको बताउनुभयो। प्रशासकीय र व्यवस्थापकीय कार्य फितलो हुँदा समग्र व्यवस्थापनमा बाधा पुगेको भन्दै उहाँले सुधारको सुझाव दिनुभयो। अर्का सेवा निवृत्त कार्यकारी सम्पादक तुलसीहरि कोइरालाले संस्थानप्रति सदैव सद्भाव रहने बताउँदै व्यवस्थापन पक्ष चुस्त भए संस्थाले थप प्रगति गर्ने विश्वास व्यक्त गर्नुभयो।

प्रशासन निर्देशक ताराबहादुर बस्यालका अनुसार संस्थानबाट सेवा निवृत्त र स्वेच्छिक राजीनामा दिएका सात जनामध्ये आज पाँच जना विदाइ हुनुभएको छ। आज विदाइ हुनेहरूमा कुलप्रसाद गौतम, तुलसीहरि कोइराला, ध्रुवबहादुर खड्का, लालबहादुर थापा र सुरेश भट्टराई हुनुहुन्छ। रेखादेवी श्रेष्ठ, त्रिभुवनचन्द्र वाग्ले र रामप्रसाद हुमागाईँ भने विदाइ कार्यक्रममा अनुपस्थित रहनुभएको थियो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार