एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने

काठमाडौँ । एमाले सांसद राजेन्द्र राईले वर्षौँदेखि सेवा प्रवाहमा खटिएका करार र अस्थायी कर्मचारीहरूलाई सेवाबाट हटाउने सरकारको तयारीप्रति आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद राईले यी कर्मचारीहरूको रोजगारी रक्षा गर्न र उनीहरूलाई प्राथमिकता दिन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् । 

सांसद राईले हिजो अर्थ मन्त्रालय अगाडि थुप्रै करार तथा अस्थायी कर्मचारीहरू चिन्तित मुद्रामा भेला भएको र आफूले उनीहरूसँग छलफल गर्दा दुःखद अवस्था थाहा पाएको संसद्लाई जानकारी दिए । 

 ‘उहाँहरूले आफ्नो जिन्दगीको महत्त्वपूर्ण समय करार र अस्थायी कर्मचारीका रूपमा राज्य र जनताको सेवामा बिताउनुभएको छ,’ सांसद राईले भने, ‘तर मुलुक बनाउने दाबीका साथ आएको नयाँ सरकारले उहाँहरूलाई सेवाबाट निष्कासन गर्ने तयारी गरिरहेको बुझिएको छ। यसले ती कर्मचारी र उनीहरूको परिवारको जीवन बर्बाद बनाउने निश्चित छ।’

दैनिक हजारौँ नेपाली युवाहरू रोजगारीको खोजीमा विदेश पलायन भइरहेको पीडादायी अवस्था औँल्याउँदै सांसद राईले स्वदेशमै न्यून पारिश्रमिकमा काम गरिरहेका करार र अस्थायी कर्मचारीहरूको रोजगारी खोस्नु अन्यायपूर्ण हुने बताए । 

‘एकातिर हामी युवाहरूलाई स्वदेशमै रोजगारी दिने कुरा गर्छौं, अर्कोतिर भइरहेको रोजगारी खोसेर उनीहरूलाई सडकमा पुर्‍याउने काम गरिँदैछ, यो कसरी न्यायसङ्गत हुन सक्छ ?’ उनले भने ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार