काठमाडौं । सरकारले सवारी चालक नियम उल्लंघन गर्नेहरूमाथिको जरिबाना श्रम शिविरमा राखेर भने पनि असूल गर्ने नयाँ कानून मस्यौदा गरेको छ । प्रतिनिधिसभाको बैठकमा सांसदहरूका प्रश्नको जवाफ दिँदै पूर्वाधारमन्त्री सुनिल लम्सालले अहिलेको ट्राफिक जरिबाना निकै कम रहेको बताए ।
मन्त्री लम्सालले एकैपटक ५० हजार जरिबाना लिने भनेर हल्ला गरिए पनि स्पिड लिमिट ३ पटक उल्लंघन गरेमा त्यति रकम तिराइने बताए । त्यो भन्दा पनि नियम उल्लंघन गरेमा सवारी चालक अनुमतिपत्र रद्द समेत गरिने उनको भनाइ छ ।
मन्त्री लम्सालले ट्राफिक नियम उल्लंघनको जरिबाना रकम श्रममार्फत मुक्तानी गरेर परिपूर्ति गर्ने व्यवस्था पनि विधेयकमा राखिएको बताए । नगदको साटो कुनै व्यक्तिले सरकारी श्रमदान गरेर तिर्न पाउने व्यवस्था कानूनमा गर्न लागिएको हो ।




प्रतिक्रिया दिनुहोस्