एमाले सांसद ऐन महरलाई गोली हान्ने धम्की आएको छ । गुण र दोषका आधारमा सरकारका काममाथि आलोचना गर्ने गरे पनि आफूलाई सामाजिक सञ्जालमा गोली हान्ने धम्की आएको उनको भनाइ छ ।
निरपेक्ष रूपमा विरोध नगरेको भए पनि सदनमा बोलिरहँदा सरकारको विरोध गरेको आधारमा निरन्तर मार्ने धम्की आएको उनको भनाइ छ ।
‘निरन्तर धम्की आएको छ । गोली हान्दिन्छु, मार्दिन्छु भनेर सामाजिक सञ्जालमार्फत धम्की आएको हो । गोली हानेर मार्दिन्छु भनेर पराजुली रामको नामबाट धम्की आएको हो,’ उनले भने, ‘बौद्धमा बस्ने व्यक्तिको ठेगानाबाट यस्तो धम्की आएको हो ।’




प्रतिक्रिया दिनुहोस्