काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन गरेर ‘विकृत कुरा’ हटाउने जिम्मेवारी रास्वपाको काँधमा रहेको बताएका छन् ।
आइतबार (असार ७) चितवनको भरतपुरमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनअन्तर्गत उद्घाटन समारोहमा उनले संविधान संशोधन/परिमार्जन गरेर ‘राम्रा कुरा’ ल्याउने जिम्मेवारी रास्वपाको काँधमा रहेको बताएका हुन् ।
उनले भने, “पिछडिएको अर्थतन्त्र, गरिबी, बेरोजगारी, अशिक्षाले भरिएको यो मुलुकमा लाखौँ युवा विदेशिनेजस्ता काम अन्त्य गर्न आर्थिक विकास र समृद्धिको बाटोमा अघि बढ्नुपर्छ ।”
परिवर्तित सन्दर्भमा देशको नेतृत्वमा युवा आएका भन्दै उनले जसपाका तर्फबाट सधैँ साथ, सहयोग र सदाशयता रहने उल्लेख गरे ।




प्रतिक्रिया दिनुहोस्