राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन सुरू भएको छ।
चितवनको भरतपुरस्थित गेस्ट हाउस चउरमा अपराह्न ३ बजेपछि सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाह महाधिवेशनस्थल पुगेपछि कार्यक्रम सुरू भएको थियो।
महाधिवेशनस्थल पुग्दा पानी परेपछि रवि र बालेन छाता ओडेर मञ्चतर्फ गएका थिए।
मञ्चमा पुगेपछि प्रधानमन्त्री बालेन र सभापति रविले मञ्चमा आसिन अतिथिहरूसँग हात मिलाएका थिए।
सभापति रवि लामिछानेले कांग्रेस सभापति गगन थापासँग अंगालो नै मारे।
त्यसपछि घन्टी बजाएर महाधिवेशनको उद्घाटन गरिएको थियो।
त्यस क्रममा मञ्चमा आसिन अतिथिलाई पनि घन्टि दिइएको थियो। प्रधानमन्त्री बालेन आफैले कांग्रेस सभापति गगन थापालगायत अतिथिलाई घन्टी दिएका थिए। उनीहरू सबैलाई घन्टी बजाएपछि रास्वपाको पहिलो महाधिवेशन उद्घाटन भएको हो।





प्रतिक्रिया दिनुहोस्