काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलो राष्ट्रिय महाधिवेशनका लागि उम्मेदवारी दर्ता शुल्क र आवश्यक संगठनात्मक प्रक्रिया सार्वजनिक गरेको छ।
पार्टीको केन्द्रीय निर्वाचन आयोगले शनिबार सूचना जारी गर्दै महाधिवेशनमा विभिन्न पदका आकांक्षीका लागि लाग्ने शुल्क, आवश्यक प्रस्तावक, समर्थक र अन्य कानुनी कागजातबारे जानकारी गराएको हो।
आयोगले सार्वजनिक गरेको विवरण अनुसार पार्टीको सर्वोच्च पद अर्थात् केन्द्रीय सभापतिका लागि उम्मेदवारी दर्ता शुल्क ५१ हजार रुपैयाँ तोकिएको छ। सभापति पदका उम्मेदवारका लागि महाधिवेशन प्रतिनिधिमध्येबाट १ जना प्रस्तावक र ५१ जना समर्थक अनिवार्य रूपमा रहनुपर्ने व्यवस्था गरिएको छ।
पार्टीको केन्द्रीय पदाधिकारी पदका लागि ४१ हजार रुपैयाँ उम्मेदवारी शुल्क निर्धारण गरिएको निर्वाचन आयोगले जनाएको छ। पदाधिकारी र केन्द्रीय सदस्य दुवै पदमा उम्मेदवारी दिनका लागि १ जना प्रस्तावक र २१ जना समर्थक आवश्यक पर्ने छन्।
यस्तै, केन्द्रीय सदस्य पदका लागि २१ हजार रुपैयाँ तोकिएको छ। पदाधिकारी र केन्द्रीय सदस्य दुवै पदमा उम्मेदवारी दिनका लागि १ जना प्रस्तावक र २१ जना समर्थक आवश्यक पर्ने छ।




प्रतिक्रिया दिनुहोस्