रास्वपा महाधिवेशनमा कांग्रेस सभापति गगन थापा जाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन उद्घाटन सत्रमा नेपाली कांग्रेसका सभापति गगन थापा सहभागी हुने भएका छन्।

सभापति थापाका स्वकीय सचिव शंकर कुइँकेलका अनुसार सभापति थापा रास्वपा महाधिवेशनमा सहभागी हुने कार्यक्रम छ।

‘सभापतिज्यू आज चितवन जानुहुन्छ, रास्वपा महाधिवेशन समुद्घाटन समारोहमा सहभागी हुने कार्यक्रम छ,’ कुइँकेलले सेतोपाटीसँग भने।

रास्वपाले प्रथम महाधिवेशनमा दलका शीर्ष नेताहरूलाई आमन्त्रण गरेको थियो।

सभापति थापाले आज बिहान राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र सभापति रवि लामिछानेलाई शुभकामना दिएका थिए।

सभापति थापाले रास्वपा स्थापनाको छोटो अवधीमै रास्वपाले उल्लेखनीय जनसमर्थनसहित राष्ट्रिय राजनीतिमा आफूलाई बलियो रूपमा स्थापित गरेको बताएका छन्।

‘तपाईंको नेतृत्वमा संगठन निर्माणदेखि निर्वाचनसम्मको यो यात्रा प्रशंसनीय छ,’ सभापति थापाले लेखेका छन्।

उनले  रास्वपाको यो महाधिवेशन विचार, संगठन र नीतिका दृष्टिले अझै परिपक्व, जिम्मेवार र दुरदर्शी दृष्टिकोण निर्माण गर्ने ऐतिहासिक अवसर रहेको बताए।

‘यो महाधिवेशनले लोकतान्त्रिक मूल्य र अभ्यासहरूलाई आत्मसात् गर्न तथा संविधानप्रदत्त नागरिक अधिकारको संरक्षण गर्न पार्टीलाई वैचारिक रूपमा स्पष्ट, जवाफदेही र थप उत्तरदायी गराउन गति र ऊर्जा प्रदान गर्नेछ भन्ने अपेक्षा लिएको छु,’ सभापति थापाले लेखेका छन्।

रास्वपा महाधिवेशनमा नेकपा एमालेबाट नेता प्रदीप ज्ञवाली, नेकपाबाट नेता वर्षमान पुन, राप्रपाबाट अध्यक्ष राजेन्द्र लिङ्देन पनि सहभाही हुने भएका छन्।

रास्वपा महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्रीसमेत रहेका रास्वपा वरिष्ठ नेता बालेन शाह पनि चितवन प्रस्थान गरिसकेका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार