बाजुरामा बस दुर्घटना, २४ जना घाइते

७ असार, धनगढी । बाजुरामा बस दुर्घटना भएको छ । बुढीगंगा नगरपालिका–१० को रिठा बजार नजिकै आज बिहान पवनदूत यातायातको सुपप्र ०२ ००१ ख १३५५ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर बसमा सवार २४ जना घाइते भएका छन् । प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक(एसपी) नवराज कार्कीले दुर्घटनामा २४ जना घाइते भएको बताए ।

उनीहरु मध्ये २३ जनालाई उपचारका लागि जिल्ला अस्पताल बाजुरा लगिएको छ भने एक जनालाई अछामको बयलपाटा अस्पताल लगिएको छ । बसमा ३५ जना सवार रहेको कार्कीले बताए ।

बस ब्रेक फेल भएर एक्कासी दुर्घटना भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार