घण्टीभित्र पुरानै दलको रोग: रास्वपा सुदूरपश्चिम सम्मेलन अगावै गुटबन्दीको महा-संग्राम !

धनगढी – स्थापित पुराना राजनीतिक दलहरूको ‘गुटबन्दी’ र ‘भागबन्डा’ संस्कृतिलाई संसद्देखि सडकसम्म तीव्र आलोचना गर्दै वैकल्पिक राजनीतिको नारासहित उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र पनि पुरानै प्रवृत्तिको कम्पन देखिन थालेको छ। आगामी प्रथम सुदूरपश्चिम प्रदेश अधिवेशनको सँघारमा आइपुग्दा पार्टीभित्र आन्तरिक असन्तुष्टि, गुट-उपगुट र प्यानलगत लडाइँ सतहमा आएको हो। “पार्टीभित्र गुट चल्दैन र चलाउन दिइँदैन” भन्ने केन्द्रीय नेतृत्वको दाबीलाई चुनौती दिँदै सुदूरपश्चिमका आकांक्षीहरू अहिले आ-आफ्नो प्यानल खडा गरेर आन्तरिक शक्ति प्रदर्शनमा उत्रिएका छन्।


सुदूरपश्चिमको भावी नेतृत्व हत्याउनका लागि रास्वपाभित्र अहिले कडा राजनीतिक सरगर्मी बढेको छ। साङ्गठनिक सुदृढीकरण र नयाँ एजेन्डा स्थापित गर्नुभन्दा पनि पद र ओहोदाका लागि आकांक्षीहरूले भित्रभित्रै प्यानल नै बनाएर चुनावी रणनीति बुन्न थालेका छन्। कञ्चनपुर, कैलालीदेखि पहाडी जिल्लाहरू सम्मका प्रतिनिधिहरूलाई आफ्नो पक्षमा पार्न गुटगत बैठकहरू तीव्र पारिएका छन्, जसले आसन्न अधिवेशन निकै पेचिलो र विवादित हुने संकेत गरेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार