काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सदनमा प्रधानमन्त्रीको उपस्थिति नखोज्ने बताएका छन् ।
“प्रधानमन्त्रीज्यूलाई संसद् नचाहिएला तर, प्रतिपक्षलाई संसद् चाहिएको छ,” प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा विपक्षी दलका नेताको हैसियतमा सम्बोधन गर्दै उनले भने, “फेरि कुनै दिन छापामार शैलीमा प्रधानमन्त्रीजी आउनुहोला । डर लाग्छ फेरि उद्दण्डता मच्चाइदिनुहोला । अब उप्रान्त म उहाँलाई खोज्न चाहन्नँ ।”
देशको समस्याहरू प्रधानमन्त्रीको उपस्थितिभन्दा ठूलो र संवेदनशील रहेको उनले उल्लेख गरे ।




प्रतिक्रिया दिनुहोस्