विपक्षीले परराष्ट्रमन्त्रीलाई संसद्‌मा बोल्न दिने, प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउने माग राख्ने

काठमाडौं । विपक्षी दलहरूले पराष्ट्रमन्त्री शिशिर खनाललाई सदनमा बोल्न दिने भएका छन् ।

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भएको छलफलपछि जुटेका विपक्षी परराष्ट्रमन्त्रीलाई सम्बोधन गर्न दिनका निम्ति तयार भएका हुन् ।

त्यसपछि दलका नेताले बोल्ने तयारी भएको स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउने माग भने यथावत राख्ने तयारी विपक्षीको छ ।

प्रधानमन्त्री वालेन्द्र शाहले नेपालले पनि भारतको भूमि मिचेको रहेछ भन्ने अभिव्यक्ति सदनमा दिएपछि विपक्षी विरोधमा छन् । सोही विषयमा आज रास्वपाका सभापतिले विपक्षीसँग छलफल गरे ।

बिहान ११ बजे बोलाइएको प्रतिनिधिसभा बैठक दिउँसो २ बजेका लागि सारियो । बैठक अझै सुरु भएको छैन । सभामुख डोलप्रसाद अर्यालले विपक्षी दलका नेताहरूसँग छलफल गरिरहेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार