अर्थमन्त्रीलाई ज्ञानेन्द्र शाहीको प्रश्न- गल्ती नगरेको भए छानबिन समिति गठन गर्न किन हिचकिचाहट ?

काठमाडौं । राप्रपाका संसदीय दलको नेता ज्ञानेन्द्र शाहीले अर्थमन्त्री स्वर्णिम वाग्लेमाथि छानबिन गर्नको लागि संसदीय छानबिन समिति बनाउनुपर्ने बताएका छन्। उनले कुनै गल्ती नै नगरेको भए छानबिन समिति गठन गर्न किन हिचकिचाहट ? भन्दै प्रश्न गरेका हुन्।

उनले भनेका छन्, ‘नेपालको इतिहासकै ठुलो वित्तीय अनियमितता वा आर्थिक अपराधको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउने विषयमा हामी संसद् र संसदीय समितिमार्फत पूर्ण सहयोग गर्न तयार छौँ।’

बजेट निर्माण प्रक्रियासम्बन्धी सूचना चुहावट, करका दरमा हेरफेर तथा राज्यलाई अर्बौँ रुपैयाँ राजस्व नोक्सानी पुग्ने सम्भावित विषयमा निष्पक्ष र विश्वसनीय संसदीय छानबिन समिति गठन गर्न सहयोग गर्न आग्रह गरेका छन्।

उनले थपेका छन्, ‘यदि तपाईँले कुनै गल्ती गर्नुभएको छैन र सबै प्रक्रिया पारदर्शी ढङ्गले सम्पन्न भएको हो भने संसदीय छानबिन समिति गठन गर्न किन हिचकिचाहट? सत्य तथ्य बाहिर ल्याउने सबैभन्दा उचित माध्यम निष्पक्ष छानबिन नै हो।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार