काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ ट्राफिक कारबाही आफूले जरिवाना नतिरेको जिकिर गरेका छन्। एक हातले मोटरसाइकल चलाउँदै भिडिओ खिच्दै गरेका साम्पाङ केहीदिन अघि दुर्घटनामा परेका थिए।
लापवाही गरेर सवारी चलाएको भन्दै ट्राफिकले हिजो कारबाही गरेको भन्दै फेसबुकमा फोटोसहित राखेको थियो। तर चिट काटेकोबारे उनले भने, ‘मैले त पैसा तिर्या छ नि। मैले त पैसा तिर्या छ।’
तपाईँको शुभचिन्तकले तिरिदिएको हो? भन्ने जिज्ञासामा उनी थप्छन्, ‘खोइ को हो मलाई थाहा छैन। तर त्यसमा पनि फेरि जारी गर्नेको नाम पनि हर्कराज राई नै छ। मलाई नै जारी गरेको भन्ने खालको छ। त्यो खोइ एआइ होला नि। त्यसो नगर्नु न।’
उनले प्रहरीको पेजबाट आएको आफूलाई थाहा नभएको बताए। उनले आफूलाई चिट काट्नुपर्ने कुनै कसुर नै नगरेको जिकिर गरे।
उनले थपे, ‘कसुर के हो त? मन्त्रीको ड्राइभरलाई पनि याद गर्नु त एक हातले गाडी चलाइराख्या हुन्छ। फोन गरिराख्या हुन्छ।’




प्रतिक्रिया दिनुहोस्