“शपथ खानुपर्ने भए पहिला घर गएर दौरा सुरुवाल लगाउँछु, अहिले त मःमः पो खाँदैछु!”— सुदन गुरुङको जवाफ

काठमाडौँ — एक अप्रत्याशित राजनीतिक घटनाक्रमका बीच प्रधानमन्त्री बालेन्द्र शाहले सुदन किरातीलाई देशको नयाँ गृहमन्त्रीमा नियुक्त गर्नुभएको छ। दिउँसो ३ बजे हुने शपथ ग्रहण समारोहको तयारीका लागि राष्ट्रपति कार्यालयलाई समेत सूचित गरिसकिएको अवस्थामा, नवनियुक्त मन्त्रीले भने आफू मन्त्री बनेको खबर स्थानीय मःमः पसलमा खाजा खाँदै गर्दा थाहा पाउनुभएको छ।

मंगलबार दिउँसो करिब १२ बजे सामाजिक सञ्जालमा यो सूचना तीव्र रूपमा फैलिएपछि आम नागरिकसँगै स्वयं किराती पनि अचम्ममा पर्नुभएको थियो। समाचार बाहिरिँदा उहाँ आफ्नो मनपर्ने परिकार ‘झोल मःमः’ खान दरबारमार्गस्थित प्रसिद्ध एभरेष्ट मःमः हाउसमा हुनुहुन्थ्यो।

गृहमन्त्रीको रूपमा उहाँको पहिलो कार्ययोजना र ३ बजेको शपथ ग्रहणबारे प्रतिक्रिया लिन टेलिफोन सम्पर्क गर्दा  सुरुमा यस विषयमा आफू पूर्ण रूपमा अनभिज्ञ रहेको बताउनुभयो।

“गृहमन्त्री बनेको कुरा मलाई पहिलो पटक तपाईं नै सुनाउँदै हुनुहुन्छ,” गुरुङले भन्नुभयो, “शपथ खाने खबर त मलाई थाहै छैन। म त यहाँ बसरे मःमः पो खाँदैछु।”

आफ्नो स्पष्ट र गैर-राजनीतिक शैलीका लागि परिचित किरातीले थप सोधिएको प्रश्नमा परम्परागत नेताहरू भन्दा फरक ढङ्गले प्रतिक्रिया दिनुभयो।

उहाँले थप्नुभयो, “भएको कुरा बोल्छु म त, राजनीतिज्ञ जसरी ढाँटेर बोल्दिनँ नि। आजै शपथ रे?! यदि शपथ खानै जानुपर्ने भयो भने त पहिला घर जान्छु र दौरा सुरुवाल लगाएर मात्र निस्कन्छु।”

नवनियुक्त मन्त्रीको यो प्रतिक्रिया अनौपचारिक र स्वाभाविक देखिए तापनि आधिकारिक स्रोतहरूका अनुसार क्याबिनेटको निर्णय अन्तिम भइसकेको र शपथको तयारी प्रक्रिया अघि बढिसकेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार