फिफा विश्वकप फुटबल हेर्न क्यानडा जाँदै गरेका एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्काइएको छ ।
विश्वकप हेर्न क्यानडा जाँदै गरेका उनीहरूलाई मंगलबार बिहान विमानस्थलबाटै फिर्ता गरिएको अध्यागमन कार्यालयका एक अधिकारीले लोकान्तरलाई जानकारी दिए ।
उनका अनुसार उनीहरू कालोसूचीमा रहेकाले विमानस्थलबाट फर्काइएको हो ।
‘उहाँहरू क्यानडा जान विमानस्थलमा आउनुभएको थियो । ब्ल्याक लिस्टमा रहेकाले हामीले फर्काइदिएका हौं,’ अध्यागमनका ती अधिकारीले भने ।
आर्थिक विषयको छानबिनका लागि राष्ट्रिय खेलकुद परिषद (राखेप)को सिफारिसमा अध्यागमन विभागले गत वैशाखमा एन्फाका सबै पदाधिकारीलाई विदेश जान रोक लगाएको थियो ।




प्रतिक्रिया दिनुहोस्