बाघसँग ठोक्कियो मोटरसाइकल: चालक घाइते, बाघ जंगलतर्फ भाग्यो!

चितवनको माडीमा बाघसँग मोटरसाइकल ठोक्किँदा एक जना घाइते भएका छन्। माडी नगरपालिका वडा नं. ९ स्थित ⁠रातोमाटे डाँडा क्षेत्रमा माडीबाट ठोरीतर्फ जाँदै गरेको बागमती प्रदेश ००२ प ६८६३ नम्बरको मोटरसाइकल अचानक बाटो काट्दै गरेको बाघसँग ठोक्किएको थियो। दुर्घटनामा परि मोटरसाइकल चालक पर्साको ठोरी गाउँपालिका–१ निवासी ४० वर्षीय अजित कुँवर घाइते भएका हुन्।

दुर्घटनाका कारण कुँवरको टाउको र बायाँ पाखुरामा चोट लागेको छ। घटनालगत्तै सोमेश्वर प्रहरी चौकी र निकुञ्जको सुरक्षामा खटिएको नेपाली सेनाको टोलीले उनको उद्धार गरेको थियो। ठोरीस्थित चोकबजार स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि थप उपचारका लागि उनलाई वीरगञ्ज पठाइएको छ भने हाल उनको अवस्था खतरामुक्त रहेको छ।

मोटरसाइकलसँग ठोक्किएपछि अत्तालिएको बाघ भने तत्कालै जंगलतर्फ भागेको प्रहरीले जनाएको छ। निकुञ्ज र मध्यवर्ती क्षेत्रका सडकहरूमा वन्यजन्तुको आवतजावत हुने भएकाले रातिको समयमा विशेष सतर्कता अपनाउन र सवारी साधनको गति सीमित राख्न स्थानीय प्रशासनले आग्रह गरेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार