सम्पर्कविहीन निजामती कर्मचारीलाई सरकारको अन्तिम चेतावनी, तीन दिनभित्र हाजिर हुन निर्देशन

काठमाडौं ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सम्पर्कविहीन तथा अभिलेख अद्यावधिक नभएका निजामती कर्मचारीलाई तीन दिनभित्र अनिवार्य रूपमा सम्पर्कमा आउन निर्देशन दिएको छ। शुक्रबार जारी सूचनाअनुसार अध्ययन बिदा वा असाधारण बिदामा रहेका तथा बिदा समाप्तिपछि कार्यालयमा हाजिर भए–नभएको विवरण राष्ट्रिय किताबखाना (निजामती) मा अद्यावधिक नभएका कर्मचारीले तीन दिनभित्र आफ्नो अभिलेख सच्याउनुपर्ने भएको छ।

मन्त्रालयले तोकिएको अवधिभित्र अभिलेख अद्यावधिक नगर्ने तथा सम्पर्कमा नआउने कर्मचारीविरुद्ध प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने चेतावनी दिएको छ। त्यस्तै, नेपाल सरकारका सबै मन्त्रालय, आयोग, सचिवालय तथा केन्द्रीयस्तरका कार्यालयलाई आफ्नो निकायबाट विभिन्न समयमा अध्ययन बिदा वा असाधारण बिदा स्वीकृत भएका कर्मचारीको विवरण यकिन गर्न निर्देशन दिइएको छ।

बिदा अवधि समाप्त भएपछि कर्मचारी हाजिर भए–नभएको अवस्था राष्ट्रिय किताबखाना (निजामती) सँग समन्वय गरी तीन दिनभित्र अभिलेख अद्यावधिक गर्न सम्बन्धित निकायलाई आग्रह गरिएको छ। सरकारले कर्मचारी प्रशासनलाई व्यवस्थित, पारदर्शी र जवाफदेही बनाउन अभिलेख व्यवस्थापनलाई कडाइका साथ कार्यान्वयन गर्न लागेको जनाएको छ। मन्त्रालयको यो कदमसँगै लामो समयदेखि सम्पर्कविहीन रहेका तथा बिदा व्यवस्थापनमा अनियमितता भएका कर्मचारीको विवरण छानबिनको दायरामा आउने अपेक्षा गरिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार