जनतासँगको सम्बन्ध फेरि जोडेर धुलो टकटक्याउँदै उठ्नेछौँ : विष्णु पौडेल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले प्रतिनिधिसभाको चुनावबाट पार्टीले इतिहासको सबैभन्दा ठूलो धक्का खाएको बताएका छन् । सदस्यता नवीकरण कार्यशालालाई सम्बोधन गर्दै धूलो टकटकाएर फेरि कम्युनिस्ट आन्दोलनलाई उठाउने उनले बताए ।

उनले भने, ‘स्वाभाविक रूपमा यतिबेला नेपालको कम्युनिस्ट आन्दोलनले एउटा गम्भीर धक्काको सामना गरेको छ । भदौ २३-२४ हुँदै फागुन २१ सम्म आइपुग्दा, फागुन २१ को निर्वाचनसम्म आइपुग्दा हामीले धेरै ठूलो धक्का बेहोरेका छौँ, धेरै ठूलो क्षति बेहोरेका छौँ । हाम्रो आन्दोलनले निकै ठूलो क्षति बेहोरेको छ । कतिपय मानिसहरूलाई लागेको छ कि अब यो आन्दोलन उठ्न सक्दैन । अब नेपालको कम्युनिस्ट आन्दोलन सदासदाका निम्ति समाप्त भएर जान्छ भन्ने कतिपय मानिसहरूले अनुमान गरेका छन्, कतिपय मानिसहरूले त्यस प्रकारको कामना पनि गरेका छन् ।’

उनले जनतासँग पार्टीको सम्बन्ध टुटेको स्वीकारे ।

उनले भने, ‘नेपालको कम्युनिस्ट आन्दोलनको इतिहासमा ६ सालदेखि आजसम्मको इतिहासको समग्र मूल्याङ्कन गर्ने हो भने यो धक्का इतिहासकै सबैभन्दा ठुलो धक्का हो, यो पराजय इतिहासकै सबैभन्दा ठुलो पराजय हो । हामी यो धक्कालाई चिर्नेछौँ । यो असफलताबाट शिक्षा लिनेछौँ र हामी फेरि उठ्नेछौँ, धुलो टकटक्याउने छौँ र अगाडि बढ्नेछौँ । हामी जनतातिर फर्किएर, कार्यकर्तातिर फर्किएर, देशको समग्र राष्ट्रिय हिततिर फर्किएर अघि बढ्नेछौँ ।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार